Logo

नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई पद्मश्री



काठमाडौं, २२ कात्तिक । नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारत सरकारले पद्मश्री उपाधिले सम्मान गरेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज दिल्लीस्थित राष्ट्रपति भवनमा क्षेत्रीलाई पद्मश्रीले सम्मान गरेका हुन् ।

भारतका राष्ट्रपतिको ट्वीटर पेजमा क्षेत्री नेपाली भाषाका प्रख्यात लेखक भएको उल्लेख छ । उनी विभिन्न सामाजिक, शैक्षिक, साहित्यिक र सांस्कृतिक संस्थामा आवद्ध भएको उल्लेख छ ।

भारतको आसामका स्थायी बासिन्दा क्षेत्री ८८ वर्षका भए । आसामको गुवाहिटीमा जन्मिएका उनले नेपालमा जगदम्बा श्री पुरस्कार पनि प्राप्त गरेका थिए ।

क्षेत्रीको बसाईं उपन्यास चर्चित छ । उनको ब्रम्हपुत्रको छेउछाउ, अतृप्त, दोबाटोलगायत कृति चर्चित छन् ।-Photo Source: President of India



प्रतिक्रिया दिनुहोस्