Logo

पाँच दलीय गठबन्धनको बैठक सम्पन्न, ११ सदस्यीय समन्वय समिति गठन (भिडिओसहित)



काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय पाँच दलको गठबन्धन बैठक सम्पन्न भएको छ । उक्त बैठकमा निकट भविष्यमा सम्पन्न हुन गैरहेको राष्ट्रियसभाका चुनाव र उपनिर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तयारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सरकारले समन्वय समिति समेत गठन गरेको जनाए । उक्त समितिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट माधव नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र जनमोर्चाबाट चित्रबहादुर केसी र सांसद दुर्गा पौडेल रहेका छन् । समन्व्य समितिको पहिलो बैठकको नेतृत्व भने रामचन्द्र पौडेलले गर्ने बुझिएको छ ।

तस्विर : रासस

सरकारलाई सघाउन गठित समितिमा प्रत्येक दलबाट दुई दुई जना सदस्य रहने र सरकारको तर्फबाट प्रवक्ता कार्की रहने जनाईएको छ। योसँगै ११ सदस्यिय समन्वय समिति गठन भएको हो । तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्