Logo

प्रधानमन्त्री देउवाको उपस्थितिमात्रै समन्वय समितिको बैठक बस्ने, रामचन्द्रले के गर्लान् ?



काठमाडौं, २२ कार्तिक । सरकारलाई सहयोग गर्ने उद्देश्यले सत्तापक्षीय गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ । आज (सोमबार) साँझ बसेको गठबन्धनको बैठकले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा प्रत्येक दलबाट दुई/दुई जना सदस्य रहने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

तर, समितिको प्रत्येक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थिति रहने उनको भनाई छ । सरकारलाई समितिले अंकुश लगाउने हो कि भन्ने आशंकाले समन्वय समितिको बैठकमा प्रधानमन्त्री आँफै बसेको बुझिएको छ। र, प्रधानमन्त्रीको उपस्थितिबिना समन्वय समितिको बैठक पनि बस्न नसक्ने बुझिएको छ। कांग्रेसमा वरिष्ठ नेता पौडेल सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको कट्टर विरोधी हुन् ।

उनले समन्वय समितिमार्फत सरकारलाई खासगरी प्रधानमन्त्रीलाई अंकुश लगाउने हुन कि भन्ने भय देउवामा छ । समितिमा कांग्रेसबाट पौडेलसहित नेता कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् । उता, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको उनले जानकारी दिए। मन्त्री कार्कीका अनुसार माधव नेपाल र उपेन्द्र यादवको पार्टीबाट केही दिनमै थप एक एक जनाको नाम आउने छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot