Logo

भारतः बाल अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु



काठमाडौं, कात्तिक २३ । भारत मध्य प्रदेशको एक बाल अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु भएको छ।मध्य प्रदेशको भोपालस्थित कमला नेहरु बाल अस्पतालको एसएनसीयूमा सोमबार राति आगलागी भएको हो।

चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गले सो उपचार कक्षभित्रको अवस्था एकदमै भयानक भएको भन्दै ‘सर्ट सर्किट’का कारण आगलागी भएको हुन सक्ने बताएका छन्। ३६ जना बच्चाहरु सुरक्षित पूर्वक निकालिएको भोपालका मन्त्री सारंगले बताए।

एक अधिकारीका अनुसार अस्पतालको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो। मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकको परिवारलाई राहत स्वरुप चार लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

सो उपचार कक्षमा ४० जना बालबालिका भर्ना गरिएको थियो। ३६ जनाको अरु कक्षमा उपचार भइरहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्