Logo

आज हुने सुदुरपश्चिम प्रदेश कमिटी बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् : भीम रावल



काठमाडौं, २३ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आज हुने पार्टीको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनको लागि जारी अन्तरपार्टी निर्देशन १२ को विपरित रहेको बताएका छन् । उनले यो बैठकलाई गुटबन्दीको नमूनासमेत भनेका छन् । उनले आजको बैठकलाई अवैधसमेत भनेका छन् । र, यसका निर्णय अमान्य हुने उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’



प्रतिक्रिया दिनुहोस्