Logo

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा



काठमाडौं, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी आज विहान सैनिक विमानमार्फत् भारत प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको निमन्त्रणमा गएका हुन् । उनले भारतमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ प्रधानसेनापतिको दज्र्यानी लिने कार्यक्रम छ ।

प्रधानसेनापति नियुक्त भएपछि शर्माको पहिलो विदेश भ्रमण हो । नेपाली सेना र भारतको सेनाबीच विशेष सम्बन्ध छ । दुवै देशका सेनापतिहरु एक अर्को देशको प्रधानसेनापति हुने परम्परा रहँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्