काठमाडौं, २३ कात्तिक । सनराइज बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ र ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।
कम्पनीको चुक्ता पूँजीको ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ० दशमलव ३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।




प्रतिक्रिया