Logo

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार



काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् ।
सर्वोच्च अदालततकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बेन्च बहिस्कारमा उत्रिएका छन् । उनीहरुले बन्दी प्रत्यक्षिकरणको मुद्दा बाहेक अरु मुद्दा नहेर्ने सर्त राख्दै आएका छन् ।

तर, प्रधानन्यायाधीश जबराले भने न्यायालयलाई सधै बन्धक बनाउन नहुने भन्दै आजबाट सबै प्रकृतिका मुद्दाहरुको सुनुवाई गरिने बताइसकेका छन् ।
न्यायाधीशहरुले अब के गर्छन् भन्ने चाँसो रहेको छ । तर, प्रधानन्यायाधीश जबराले राजीनामा दिने वा मार्ग प्रस्तत गर्ने बाहेक सबै विकल्पमा छलफल गर्नेमा आफु तयार रहेको तर, न्यायाधीशहरुलाई इजलासमा फर्कन पनि आग्रह गरिसकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले  न्यायधीशहरुलाई काममा फर्किन वा आन्दोलनमा जाने दुई मध्य एक रोज्नलाई विकल्प दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्