Logo

नाइजरको एउटा विद्यालयमा आगलागीः २५ बालबालिकाको मृत्यु, कैयौँ घाइते



एजेन्सी, कार्तिक २३ । नाइजरमा एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २५ जना बालबालिकाको मृत्यु भएको छ ।

विद्यार्थी पढिरहेको बेलामा आगलागी हुँदा त्यस्तो हताहती भएको हो । आगलागीबाट ज्यान गुमाउने बालबालीकाको उमेर मात्र ५ र ६ वर्ष छ ।

नाइजरको मरादी शहरको एउटा विद्यालयमा अचानक आगलागी हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । घाइते मध्ये केहि बच्चाको अवस्था नाजुक छ ।

नाइजेरियमा काठका कोठामा अत्याधिक विद्यार्थी राखेर पढाउने ठूलो समस्या छ । आगलागीवाट ३ वटा कक्षा कोठा पुर्ण क्षति भएका छन् । आगलागीको कारण अहिले सम्म अझात छ तर त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।(



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम