Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, कार्तिक २३ । अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशभरको मौसममा आंशिक बदलीको सम्भावना बढ्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, रातीम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। काठमाडौं उपत्यकाको मंगलबा बिहानको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर पर्ने छैन।



प्रतिक्रिया दिनुहोस्