Logo

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन महिला पक्राउ



काठमाडौं, २३ कात्तिक । मंगलबार नेपाल बार एसोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्नपुगेका तीन जना महिला पक्राउ परेका छन् । अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका अभियन्ता तारा बरालसहित ३ जना महिलालाई बार कार्यालयको गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु देशको न्याय क्षेत्रलाई बचाउनको लागि भन्दै तालाबन्दी गर्न कार्यकक्षमा गएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो ।
कालोपट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारीहरुले दिनहुँ राजीनामा माग गर्दै धर्ना दिँदै आएका छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot