Logo

प्रधानन्यायाधीश जबराविरुद्ध बारका अध्यक्ष श्रेष्ठ आक्रामक, लगाए यस्तो गम्भीर आरोप



काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ । आज पनि बारले आन्दोलनलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारको चेतावनी छ ।

यता, प्रधानन्यायाधीश जबराले भने आजबाट सबै प्रकृतिका मुद्दाको इजलास तोकेका छन् । उनले आफूलाई पनि इजलास तोकेका छन् । यसअघि विद्रोहमा उत्रिएका न्यायाधीशहरुको आग्रहमा नै बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्रै सुनुवाई गर्न इजलास तोकेका प्रधानन्यायाधीश जबराले आजबाट भने सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने भन्दै इजलास तोकेका छन् ।

उता, बारले भने प्रधानन्यायाधीशले गलत गरेको निश्कर्ष निकालेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले त प्रधानन्यायाधीश जबरालाई विचौलियाको नाईकेको संज्ञा दिएका छन् । र, जबराबाट अब न्याय पाउने कुनै सम्भावना नरहेको उनको टिप्पणी छ ।

बार परिसरमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफूहरुको आन्दोलन थप सशक्त हुने पनि विश्वास दिलाए । र, देशभरिका कानून व्यवसायीहरुलाई आन्दोलनमा सत्रियताका साथ सहभागी हुन पनि उनले अपिल गरे । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot