Logo

प्रधानन्यायाधीश जबरा पेलेरै बढे



काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतको कामकारबाहीलाई गति दिएका छन् । न्यायाधीशहरु जो कोहीले इजलासमा नबस्ने निर्णय गरेपनि उनी पेशी तोकेर अगाडि बढेका हुन् ।

जबराले न्यायधीशहरुलाई इजलासमा बस्न या राजीनामा दिन विकल्प रोज्ने गरी कडा रुपमा प्रस्तुत गर्ने भएको छ । आज उनले न्यायाधीशहरुलाई बन्दी प्रत्यक्षीकरणबाहेकको रिटमा पनि पेशी तोकेर कठोर कदम चाल्ने संकेत गरेका छन् ।

प्रधानन्यायाधीशले आफूलाई एकल इजलास तोकेका छन् । अन्य न्यायाधीशलाई संयुक्त इजलास तोकेका छन् ।

इजलास तोकिएका न्यायाधीशहरुमा दिपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडाल, आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, आनन्दकुमार भट्टराई र प्रकाशकुमार ढुंगाना, अनिलकुमार सिन्धा र प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान र वमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा छन् ।

आज पेशी नतोकिएका न्यायाधीशहरुमा इश्वरीप्रसाद खतिवडा, टंकबहादुर मोक्तान र हरि फुयाँल छन् । खतिवडा अमेरिका भ्रमणमा छन् ।

यसैगरी, नेपाल बार एशोशिएसनले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै आन्दोलनका कार्यक्रम बढाएको छ । तर, जबरा कुनै हालतमा राजीनामा नदिनेमा दृढ छन् । उनले बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दाको पेशी समेत तोक्न थालेका छन् । यसबाट जबरा पेलेरै जाने रणनीतिमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्