Logo

‘सूर्यवंशी’को कमाईः तिन दिनमा ७७ करोड



काठमाडौं, २३ कात्तिक । अक्षय कुमार र कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’ले प्रदर्शनको तेस्रो दिनमा ७७ करोड (भारु) कमाएको छ।

कोभिडको कारण हलमा कति दर्शक जालान ? भन्ने दुविधाकै बिच चलचित्र ‘सुर्यवंशी’ले आकर्षक व्यापार गरेको हो ।

नेपालमा पनि लामो समय देखि बन्द रहेका चलचित्र हलहरुमा बिस्तारै दर्शक बढिरहेका छन् ।

नेपालका निर्माताहरु लगानि डुब्ला भन्ने डरले भारतिय चलचित्रको पर्खाइमा बसेका थिए ।

रोहित सेट्टी निर्देशीत यस चलचित्रले नेपालको चलचित्र क्षेत्रलाई समेत चलायमान बनाउन भुमिका खेलेको छ ।

चलचित्र ‘सूर्यवंशीले’ तिन दिनमा ७७.०८ करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्