Logo

घाइते भएका रोयले गुमाउने भए विश्वकपका बाँकी खेल



काठमाडौं, २३ कात्तिक । आइसिसि टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली इङ्ग्यान्ड र न्यूजिल्यान्ड भिड्दै छन् ।

सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले पनि विश्व कपका अगामि खेल गुमाउने भएका छन् ।

देब्रे खुट्टामा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने जनाइएको छ ।

साथै, उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको खेलमा ब्याटिङ गर्दा उनी घाइते भएका थिए ।

तर, रोयले आफ्नो अनुपस्थितिमा पनि इङ्ग्ल्यान्डले विश्व कपको ट्रफी उचाल्नेमा आफु ढुक्क रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्