Logo

बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने सर्वोच्च अदालतका न्यायाधीशहरुको निश्कर्ष



काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मार्गप्रशस्तको माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले आजबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने भन्दै इजलास तोकेपछि संयुक्त छलफलमा बसेका न्यायाधीशहरु यस्तो निश्कर्षमा पुगेका हुन् ।

आज (मंगलबार) को लागि प्रधानन्यायाधीश जबराले आफ्नो एकल ईजलास तोकेका थिए । त्यस्तै, अरु ९ वटा संयुक्त इजलास पनि तोकिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशन पनि आन्दोलित छ ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिक्रिया दिएका छन् । उनले प्रधानन्यायाधीश जबराबाट अब न्याय सम्पादन हुन नसक्ने पनि टिप्पणी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्