Logo

अध्यक्ष ओलीसँग कोमल वलीको भेट, एमालेलाई समृद्ध बनाउनेमा निश्चिन्त



काठमाडौं, २३ कार्तिक । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेक छिन् । उनले आज विहान भेटावर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले भेटको क्रममा अध्यक्ष ओलीले अबको महाधिवेशनले आमूल परिवर्तन ल्याउनुपर्ने र पार्टी सुदृढीकरणको बाटोमा जानुपर्ने भनेको सुनाईन् ।

उनले सामाजिक सञ्जालमा अध्यक्ष ओलीसँग भेट गरेको तस्विर सेयर गर्दै भनेकी छिन्–’श्रद्धेय अध्यक्ष केपि शर्मा ओलिज्यूसंग आज बिहान मेरो भेट भयो ! वहाँले अबको महाधिवेशनले आमुल परिवर्तन ल्याउनु पर्छ र पार्टी सुदृढीकरणको बाटोमा जानुपर्छ भन्नु भयो ! त्यसकालागि हामी तयार छैां! यो महाधिवेशनले हाम्रो गैारवशाली पार्टी नेकपा एमालेलाई थप सम्मृद्ध बनाउनेमा म निश्चिन्त छु!’



प्रतिक्रिया दिनुहोस्