Logo

१२ वर्षपछि पक्राउ परे फरार अभियुक्त चौधरी



तुलसीपुर, २३ कात्तिक । बीस वर्ष कैद फैसला सुनाइएका फरार अभियुक्त जग्गु चौधरी १२ वर्षपछि पक्राउ परेका छन् ।

बीस वर्ष कैद फैसला सुनाएका चौधरी सोमबार कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ लखनपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।

विसं २०६६ वैशाख २७ गते फैसला गरे पनि चौधरी फरार रहेका थिए ।

राप्ती गाउँपालिका–ं ३ बसन्तपुरका ६४ वर्षीय चौधरीलाई दाङ प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो । । तस्बिर ः दीपक बोहरा÷रासस



प्रतिक्रिया दिनुहोस्