Logo

लीलबहादुर क्षेत्रीको नेपाली टोपीमा त्यो क्रस खुकुरी



काठमाडौं, २३ कात्तिक । सोमबार पद्म सम्मानका लागि भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा फरक भेषभुषाका प्रतिष्ठित व्यक्तिहरु देखिन्थे । टेलिभिजन प्रत्यक्ष प्रसारणमा देखिएकामध्ये नेपाली टोपी लगाएका लिलबहादुर क्षेत्री पनि थिए ।

क्षेत्रीले कालो नेपाली टोपीमा क्रस खुकुरी पनि देखिन्थ्यो । उनले गोर्खा पहिचान देखाइरहेका थिए ।

क्षेत्रीलाई पद्मश्रीका लागि बोलाइयो । ८८ वर्षका क्षेत्री अगाडि बढ्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नमस्कार गरे । त्यसपछि अगाडि बढ्दै सम्मान लिए ।

एक अर्ब ३० करोडभन्दा बढी जनसंख्या एको भारतमा नेपाली भाषीले पद्मश्री पाउनु महत्वको विषय थियो । त्यसमाथि क्षेत्रीले नेपाली भाषा साहित्यमा पुर्याएको योगदानवापत् पद्मश्री पाएका थिए ।

भारतको आसामका स्थायी बासिन्दा क्षेत्री गुवाहिटीमा जन्मिएका थिए । उनले नेपालमा जगदम्बा श्री पुरस्कार पनि प्राप्त गरेका थिए । क्षेत्रीको बसाईं उपन्यास चर्चित छ । उनको ब्रम्हपुत्रको छेउछाउ, अतृप्त, दोबाटोलगायत कृति चर्चित छन् । ८८ वर्षको उमेरमा पनि उनी साहित्यक गतिविधिमा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्