Logo

आफ्नै श्रीमतीको कुटपिट गरी हत्या



सुनसरी, २३ कात्तिक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्