Logo

चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला



पर्सा,२३ कात्तिक । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–५ गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ बस्ने २५ वर्षीय सोनालाल मुखिया शनिबार पक्राउ परेका हुन् ।

वीरगंज महानगरपालिका–५ बस्ने २० वर्षीय रोशन साहको मोटरसाइकल उक्त चोक छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी सोही महानगरपालिका–१९ विन्दवासिनी चोकबाट मुखियालाई पक्राउ गरेको जनाएको छ । उनीमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot