Logo

प्रधानसेनापति प्रभुराम शर्माको भारतमा यसरी गरियो स्वागत (फोटोफिचर)



काठमाडौं, २३ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ । भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले छलफल गरेका छन् ।

सेनापति शर्माले नरवाणेलाई मायाको चीनो प्रदान गरेका थिए । नरवाणेले पनि शर्मालाई चीनो प्रदान गरे ।

भारतले प्रधानसेनापति शर्माको भ्रमणलाई महत्व दिएको छ । उनी प्रधानसेनापति नियुक्त भएको केही महिनामै भारतले निम्तो गरेको हो ।

उनलाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ । भारतीय सेनाका सेनापति नरवाणेले शर्मालाई साउथ ब्लकमा स्वागत गरेका थिए ।

 

Photo Source: Indian Army

 

 



प्रतिक्रिया दिनुहोस्