Logo

फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदको लागि स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रालयले फाइजर खोप १८ वर्षसम्मका बालबालिकाको प्रयोगमा ल्याउनको लागि खरिद प्रक्रिया बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस्