Logo

फेरी बढ्न थाल्यो संक्रमणदर, आज ५ सय संक्रमित थप, ४ सय निको



काठमाडौं, २३ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ४ सय ८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ४४३ जना र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर १ सय ४३ जना, सोमबार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्