Logo

संक्रमणबाट आज १ जनाको मृत्यु



काठमाडौं, २३ कात्तिक। कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा आज ४ सय ८४ जना संक्रमणमुक्त भएसँगै हालसम्म ७ लाख ९६ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्