Logo

चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेपछि…



एजेन्सी, २३ कात्तिक । चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेको छ । चीनले निर्माण गरी निर्यात गरेकोमध्ये यो युद्धपोत अहिलेसम्मकै ठूलो हो ।

चीनको विदेश मामलासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको ग्लोबल टाइमसले पाकिस्तानलाई निर्यात गरिएको युद्धपोत निकै आधुनिक छ । चीनले पहिलोपटक यति ठूलो र आधुनिक युद्धपोत निर्यात गरेको हो ।

चीनको पाकिस्तानमा प्रभाव बढ्दै गएको छ । पाकिस्तानलाई उसले सैन्य सहयोग पनि बढाएको छ । अहिलेको युद्धपोत खरिद विक्रीलाई सामरिक सहयोगका लागि साझेदारीका रुपमा लिइएको छ ।

युद्धपोत चीनको चाइना स्टेट सिप ब्युलडिङ कोअपरेशन लिमिटेडले डिजाइन गरेको हो । सोमबार एक समारोहबीच पाकिस्तानको जलसेनालाई युद्धपोत हस्तान्तरण गरिएको छ ।

युद्धपोतको नाम पीएनएस टुग्रिल राखिएको छ । युद्धपोतले समुन्द्रको सतहमा युद्ध गर्ने क्षमता राख्ने जनाइएको छ । यसले सतहबाट हावा र पानीभित्र पनि प्रहार गर्न सक्छ । यसले पानीभित्र र बाहिरको अनुगमन पनि गर्न सकछ ।

आधुनिक र ठूलो युद्धपोत चीनले पाकिस्तानलाई निर्यात गरेपछि शक्तिशाली देशहरुले चासो देखाएका छन् । विशेषगरी भारतीय मिडियाले यसप्रति निकै चासो बढाएका छन् ।-Photo Source: Pakistan Navy



प्रतिक्रिया दिनुहोस्