Logo

प्रधानन्यायाधीश जबरामाथि फेरि खनिए शम्भु थापा, पैसामा लिप्त भएको आरोप



काठमाडौं, २३ कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । आज (मंगलबार) संवैधानिक कानून व्यवसायी मञ्चले आज ‘न्यायापालिकाको वर्तमान संकट र निकास विषय’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस् । कि त्यसका सत्प्रतिशत कुरा गल्ति छ भन्नुस्, होइन भने बोल्नुस् । प्रधानन्यायाधीशले भ्रष्टाचारीलाई जोगाउनुहुन्छ भन्ने होइन, आफैं भ्रष्टाचार गर्नुहुन्छ भनेर बोल्नुस् । थाहा छैन भने नबोल्नुस् । थाहा भएर पनि बोल्नुहुन्न भने ठीकै छ । यदि शुद्ध छन् भने मलाई कन्भिन्स्ड गर्नुस ।’

उनले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि आज प्रधानन्यायधीश जबरालाई बिचौलियाको नाइके भनेको उल्लेख गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम