Logo

विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला (तस्बिरहरू)



काठमाडौं, कार्तिक २४ । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई विवाह बन्धनमा बाँधिएकी छन् ।बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् ।

२४ वर्षीया मलालाले हिजो निकाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् ।

सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । मलालाले ट्वीट गर्दै असरसँग आफूले जीवन साथीका रुपमा बाँधिएको बताएकी छन् । बालिका शिक्षाका बारेमा वकालत गरेको भन्दै मलाला अझै पनि तालिवानको निसानामा रहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्