Logo

को हुन् मलालाका श्रीमान् ?



काठमाडौं, कार्तिक २४ । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्।

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी हुन्। मङ्गलवार उनले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको बताएकी छन् ।

त्यसो त मलालाले आफू क्रिकेटको प्रशंसक भएको कयौँ अन्तर्वार्ताहरूमा बताउने गरेकी थिईन् । संयोगले उनका श्रीमान् असेर मलिकको सम्बन्ध समेत सो खेलसँग नजिकको रहेको छ।

उनी पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको न्याश्नल हाई पर्फर्मेन्स सेन्टरमा प्रबन्धक रहेका छन् । उनले लाहोरको प्रतिष्ठित ऐचिङ्सन कलेज र लाहोर विश्वविद्यालयमा पढेका हुन्।

पीसीबीसँग जोडिनुअघि उनी पाकिस्तान सुपर लीगको एक टोली मुल्तान सुल्तान्ससँग समेत जोडिएका थिए।



प्रतिक्रिया दिनुहोस्