Logo

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै



काठमाडौं, २४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् ।
अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् ।

ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले पनि विश्व कपका अगामि खेल गुमाउने भएका छन् । देब्रे खुट्टामा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने जनाइएको छ ।

इङ्ल्याण्ड समूह १ को विजेता र न्युजिल्याण्ड समूह २ को उपविजेताको रुपमा आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

इङ्ल्याण्डले यस टी–ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्दै ५ खेलमा १ मात्र हार व्यहोरेको छ ।यस्तै, न्युजिल्याण्डले पनि ५ मध्य ४ जित र १ मा हार ब्यहोरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्