Logo

नागरिक बीचको धार्मिक सहिष्णुता राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार हो : प्रचण्ड



काठमाडौं, २४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताएका छन् । आज छठ पर्वको शुभकामना दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधता हो । नागरिक बीचको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्दछ ।’

दाहालले अझै पनि कोरोना भाइरस ९कोभिड–१९० का कारण सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको उल्लेख गरेका छन् । उनले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गरेका छन् । साथै, उनले सबै नेपालीहरुमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि शुभकामना भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्