Logo

दुर्घटना लगत्तै बसमा आगलागी, १२ जना घाइते



ढल्केबर, कात्तिक २४ । तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।सडकबाट तल खसेको बसमा आफै आगो लागेको हो । दुर्घटनापछि पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका छन् । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल छन ।



प्रतिक्रिया दिनुहोस्