Logo

प्रधानमन्त्री देउवाले दिए पूर्वराजा ज्ञानेन्द्रलाई चूनौति : शासन गर्ने भए चुनाव लडे भैगयो नि, कसले रोकेको छ ?



काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताएका छन् । उने भने,‘अहिले धेरै राम्रो संविधान छ । समावेशी–समानुपातिक संविधा नछ । सबैलाई समेटिएको छ । सबैको अधिकार छ । केही समस्या छन् भने प्रजातान्त्रिक रुपमा हल गर्नुपर्छ ।’ गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनबाट जो आउँछ त्यसलाई स्विकार गर्नुपर्ने बताए । उनले प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हुनुपर्ने बताए । उनले भने,‘सरकारले जनताप्रति उत्तरदायी भएर काम गरेन भने अर्को सरकार आउँछ । सधैं एउटा पार्टीको विजय हुन सक्दैन् । प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो ।’

उनले जनताभन्दा ठूलो अर्को कोही मालिक नै नभएको पनि बताए । उनले जनताको विश्वास जित्नेगरि पार्टीहरु लाग्नुपर्नै पनि सुझाव दिए । उनले संविधानको व्याख्या गर्ने अन्तिम थलो भनेको सर्वोच्च अदालत भएको पनि सुनाए ।

उनले नेपालमा स्थायी शान्ति कायम गरिनु्पर्ने पनि आवश्यकत्ता पनि औंल्याए । उनले भने,‘हामीले शान्ति स्थापित गरेका छौं । यसलाई सदाका लागि स्थायित्व गरिनुपर्छ ।’ उनले जनताका आकांक्षा धेरै भएको तर देशको साधन र स्रोत सिमित रहेको सुनाए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न भनेका छन् ।

तस्विरः मुकुन्द कालीकोटे/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्