Logo

‘राष्ट्रपति राजा होइनन्’



एजेन्सी, २४ कात्तिक । ‘प्रसिडेन्ट आर नट किङ्गस् अर्थात् राष्ट्रपति राजा होइनन्,’ यो अमेरिकी न्यायाधीश तान्या चुटकानले जारी गरेको एउटा आदेशको पाठमा उल्लेखित वाक्य हो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कँग्रेस कमिटीले दंगाबारे अनुसन्धान गरिरहँदा ह्वाइट हाउसको रेकर्डमाथि पहुँच पाउने न्यायाधीश चुटकानले आदेश जारी गर्दाको पाठको वाक्यांश हो यो । चुटकान बाराक ओबामाले नियुक्त गरेका न्यायाधीश हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा महत्वका गोप्य सामाग्री हुने भन्दै पहुँच दिन नहुने तर्क गरेका थिए । तर, न्यायाधीशले राष्ट्रपति राजा होइनन् भनी आवश्यक पर्दा अनुसन्धान हुनुपर्ने र ह्वाइट हाउसका विवरणहरु आवश्यक पर्दा पहुँच पाउनुपर्ने भनेका छन् । ३९ पृष्ठ लामो आदेशमा ‘राष्ट्रपतिहरु राजा होइनन्’ मात्र भनिएको छैन ‘अभियोगी राष्ट्रपति होइनन्’ भनिएको छ । ट्रम्प बहालवाला राष्ट्रपति होइनन् ।

सयौं ट्रम्पका समर्थकहरु अमेरिकी संसदको बैठक हुने भवन क्यापिटल भवनमा पसेर जो वाइडेनको चुनावी जितको औपचारिक घोषणा हुने ६ जनवरीको दिन दंगाफसाद मच्चाएका थिए । यसबारे अनुसन्धान चलिरहेको छ ।

अमेरिकी संसद कँग्रेसले गठन गरेको अनुसन्धान कमिटिले फोन रेकर्ड, ह्वाइट हाउस पुगेकाको विवरण र अन्य विवरणबारे बुझ्न खोजेको छ । दंगाबारे वृस्तृत जानकारीका लागि त्यस्तो विवरणको खोजी गरिरहेको हो ।



प्रतिक्रिया दिनुहोस्