Logo

‘माधव नेपालले आफ्नो कार्यकालमा ओलीलाई पनि पेलेको हो नि’ : वाचस्पति देवकोटा (भिडिओसहित)



काठमाडौं, २४ कार्तिक । वाम विश्लेषक वाचस्पति देवकोटाले आफूले एमाले नछोडेको भएपनि यसमा नलाग्ने बताएका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल मिल्छन् भनेर कसैले नपत्याएको बेला उनीहरु मिलेको स्मरण गराउँदै उनले यसले आफूहरु पनि धेरै उत्साही भएको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु एमाले र माओवादी केन्द्रको एकताको लागि बिना शर्त लागेको पनि सुनाए । उनले पार्टीलाई भताभुंग गर्नेबारे पनि ओली, प्रचण्ड र माधव नेपाल कसैले पनि आफूहरुलाई नसोधेको स्पष्ट पारे । उनले पार्टी एकता जोगाउन नसकेको भनेर अध्यक्ष ओलीको आलोचना गरे ।

माधव नेपालले अध्यक्ष नै हुन पाईनँ भनेर तमक गरेको र त्यही तमकले पार्टी फुटेको उनले दाबी गरे । देवकोटाले माधव नेपाल नेतृत्वमा हुँदा हिजो ओलीलाई पनि पेलेको स्मरण गराए । उनले भने,‘माधव नेपालले पनि हिजो नेतृत्वमा हुँदा ओलीलाई पनि बाँकी राखेको हो र ? एमाले फुट्नुमा माधव नेपाल बढि दोषी हो ।’ नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनको लागि ओली, प्रचण्ड र माधव नेपाल सबै दोषी भएको पनि देवकोटाको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्