Logo

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको पदवी



काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । आज भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उनले पदवी लिएका हुन् ।

चार दिवसीय भारत भ्रमणका क्रममा मङ्गलबार नयाँ दिल्ली पुगेका शर्माले भारतका स्थल सेनाका सेनापति एम एम नरवाणेसँग भेटिसकेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्