Logo

‘प्रधानन्यायाधीशको राजीनामा नै अहिलेको अदालतभित्रको समस्याको समाधान हो’ : बरिष्ठ अधिवक्ता सापकोटा (भिडिओसहित)



काठमाडौं, २४ कार्तिक । बरिष्ठ अधिवक्ता एवम् सर्वोच्च बारका पूर्व अध्यक्ष कृष्ण सापकोटाले अहिले अदालतभित्र देखिएको विवादको समाधान भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा भएको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले जुन विषयमा, जे को लागि आन्दोलन भैरहेको छ, अदालतभित्र र अदालतबाहिर, जुन परिस्थितिको सिर्जना भयो, आज यतिका दिनसम्म बेन्च बस्न सकेको छैन् । बार आन्दोलित छ । अब प्रधानन्यायाधीशले त्यो पदमा बसेर न्याय प्रशासन गर्ने नैतिक जिम्मेवारी गुमाईसक्नुभएको छ। उहाँले अब न्यायालय हाँक्न सक्नुहुन्न ।’

उनले न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आधार र कारणसहित प्रधानन्यायाधीशको राजीनामा माग्नु ठूलो कुरा भएको सुनाए । उनले यसमा गिभ एण्ड टेकको विषय नभएको जिकिर गरे । उनले संविधानसम्मत् तवरले हट्नु भनेको अर्कै कुरा भएको सुनाए । उनले आफूमाथि लगाईएका आरोपहरु सत्यतामा आधारित छन् कि छैनन् ? भनेर हेर्नुपर्नेमा जोड दिए । उनले संविधानबमोजिम हट्नको लागि महाभियोग लगाउनुपर्ने विकल्प भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्