Logo

भारतिय टी–२० क्रिकेटको कप्तानी रोहितले सम्हाल्ने



काठमाडौं, २४ कात्तिक । भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० विश्वकप पछि कप्तानी छाडेपछि अब भारतिय टोलीलाई रोहित शर्माले सम्हाल्ने भएका छन् ।
टी–२० विश्वकप लगत्तै न्युजिल्याण्डविरुद्ध हुने सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ ।

न्युजिल्याण्ड विरुद्धखेल्ने टोलीमा विराट परेका छैनन् । यस्तै जसप्रीत बुमराह र रवीन्द्र जडेजालाई समेत टोलीमा समावेश गरिएको छैन् । साथै, हार्दिक पाण्डेया पनि टी–२० टोलीमा अटाउन सकेका छैनन् ।

नोभेम्बर १७ बाट हुने टी–२० सिरिजका लागि रोहित शर्माले भारतीय टिमलाई सम्हाल्ने भएका हुन् ।
यस पटकको भारतिय टीममा केहि युवा खेलाडीलाई मौका दिइएको छ ।

भारतिय टीम
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज ।



प्रतिक्रिया दिनुहोस्

Screenshot