Logo

युवकको हत्या आरोपमा ६ जना पक्राउ



कैलाली, २४ कात्तिक । कैलालीमा २२ वर्षीय युवकको हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवाललाई हिजो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ६ जनालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।

टिकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार (हिजो) राति ६ जनाको समुहले बड्वाललाई लखेटी–लखेटी चक्कु प्रहार गरी हत्या गरेको भन्ने सुचनाको आधारमा प्रहरीले घटनामा संम्लग्नलाई पक्राउ गरेको बताएको छ ।

भुपेन्द्र र आर्यन देवकोटाबीच पुरानो रिसीइबी रहेको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा आर्यन देवकोटालगायत ६ जना युवाहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot