Logo

विश्वकै सबैभन्दा उच्च स्थान सोलुखुम्बुमा कात्तिक २६ गते ‘ब्लड डोनेसन क्याम्प’ को आयोजना गरिने



वर्षमा एक दिन रक्तदान गर्ने ऋषि धमलाको घोषणा
काठमाडौं, २४ कात्तिक । विश्वमै सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा कात्तिक २६ गते रक्तदान कार्यक्रम हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुर्गम क्षेत्रका मानिसहरुलाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको आयोजक लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कलले जानकारी दिएको हो ।

क्याम्प सञ्चालन गर्नुको उद्देश्य दुर्गम क्षेत्रको मानिसहरुलाई पनि रक्तदान सम्बन्धि चेतना जगाउन् र रक्तदान गर्न प्रेरित गर्नु रहेको क्लबले जनाएको छ । विश्वमै आज सम्मको सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा हुन लागेको रक्तदान कार्यक्रम अन्तर्गत क्लबका सदस्यहरु साथै स्थानीयहरुसमेत गरी करीब १ सय पिन्ट रक्तसंकलन गर्ने उद्देश्य रहेको जनाइएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चार्टर अध्यक्ष अनिलरत्न तुलाधारले लकडाउनमा नेपालमा रगतको कमी हुने भएको महसुस गरेर सानो ब्लड डोनेसन टिम बनाएको बताए । सुरुमा काठमाडौं, किर्तीपुर र ललितपुरबाट लकडाउनमा ब्लड संकलन गरेर नेपालीहरुलाई सहयोग गरेको भन्दै दोस्रो लकडाउनको समयमा पनि ३५ सय पिन्ट रगत संकलन गरेर विभिन्न संस्थाहरुलाई दिएको जानकारी दिए । उनले भने,‘रगत कुनैपनि कारखाना तथा ल्याबमा बन्दैन् । रगत त हाम्रै शरीरमा बन्ने हो, मानिसबाटै बन्ने हो । हामीले नै बनाउने हो । तर सबै मिलेर त्यसको ब्यवस्था गर्नुपर्छ ।’

उनले यति धेरै उचाईँमा, ३२ सय मिटर भन्दा बढीको रिमोट एरियामा गएर कसैले पनि रक्तदान नगरेको जिकिर गरे । उनले बिहीबार काठमाडौंबाट ६० जना रक्तदातासहितको टोली सोलु प्रस्थान गर्ने जानकारी दिए । उनले सल्लेरीमा पुगेर मोटिभेशन कक्षा पनि संञ्चालन गरिने बताए । सल्लेरीको प्रशासनसँगको सहकार्यमा आफूहरु अघि बढ्ने बताए । अब नयाँ र राम्रो काम देखाउनलाई सोलुखुम्बु जिल्लामा जान लागेको बताए । उनले सोलुमा १ सय पिन्ट रगत संकलन गरेर काठमाडौं ल्याउने बताए । संकलित रगत तारा एयरबाट काठमाडौंमा आईपुग्ने र कान्तिप्र अस्पतालको ल्याबमा बुझाएपछि मात्र आफ्नो जिम्मेवारी पुरा हुने बताए । उनले राम्रो काम गरेकै कारण आफु र ९ जना सदस्यहरुलाई विभिन्न अवार्डबाट समेत सम्मानित गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्राध्यापक डा. सुरेन्द्र केसीले कार्यक्रमको पुर्ण सफलताको कामना गरे । उनले केही समय अगाडी आफू हुम्ला पुगेको तर आफु स्वास्थ्यको कारण माथि पुग्न नसकेको सुनाउँदै लायन्स क्लबले गरेका यो निर्णय जोखिम भएकोले अरुको लागि निकै प्रेरक हुने बताए ।

नेपालमा राजनीतिमा उज्ज्वल अवस्था नभएको बेला यो कार्यक्रम सफल हुने उनले बताए । उनले रेडक्रस भ्रष्टाचारमा लिप्त भएको समेत बताए । नेपालमा रक्तदानको गौरवशाली विगत र परम्परा रहेको उल्लेख गरे । उनले रगत दिन तर्कने यो सामाजिक चिन्तन रहेको समेत बताए । डा. केसीले पैसा भन्ने चिज धेरै सजिलो भएपनि जुटाउन गाह्रो हुने बताए । लायन्सले गरेको काम र योजना सुन्दा आफुै निकै साहसिलो महसुस भइरहेको बताए ।

उनले भने,‘अहिले पनि दिदी बहिनीहरु सुत्केरी हुन नसकेर मरेका छन् । नेपालीहरु अझैपनि छाउपडीमा अल्झिरहेको भन्दै रक्तदान त धेरै परको हो ।’ केसीले रहनसहन शिक्षा दिक्षा नै सबैलाई बाहिरी देशको मनपर्ने हुँदा हाम्रै देशमा पादर््भाव भएका धार्मिक विश्वासको कुरा गर्दा आफुलाई विश्वबन्धुत्वको भावना अन्त नपाइने भन्दै कार्यान्वयनमा कमी भएको उल्लेख गरे ।

केसीले मानिसहरु परालम्बी हुँदै गएको कारण ज्योतिष, वैद्यहरु र ज्ञानका धराहरेहरु कमजोर भएको प्रति गुनासो गरे । उनले भने,‘गौतम बृद्ध जन्मेको माटो र भुमिबाट आएको भनेर नेपालीहरुलाई पुज्छन् तर हामी भिक्षुहरुलाई मार्न पछि पर्दैनौ ।’ आज शिक्षकहरु हेलमेट लगाएर हिड्नुपर्ने दिन आएको समेत उनले बताए । नेपालमा आफ्नै श्रीमतीलाई लगेर बम्बई बेच्ने गरेको सुनाउदै उनले सबै क्षेत्रका नेतृत्व निकै कमजोर भएको उनको भनाई थियो ।

वर्तमान समयलाई ईगिंत गर्दै उनले भने,‘अहिले प्रहरी आतंकको प्रतिक, न्यायाका पुजारीहरु त्यहीँभित्र कुटाकुट, शिक्षकमै हुँ म दिनको ५ पटक कुटाई खान्छु ।’
‘मानिसको बाच्नको लागि सबैभन्दा महत्वपुर्ण रगत र रक्तदान हो । आजसम्म म आफैले रक्तदान गरेको छैन,् मलाई लज्जावोध भैरहेको छ । यो सधै दिइरहुनु पर्छ । जसलाई आवश्यकता हुन्छ ,त्यसलाई कुनै विभेद नगरी रक्तदान गर्नुपर्छ । जो जति धनी भएपनि रगतबिना बचाउन सकिदैन् ।’ डा. केसीले भने ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लायन्स इन्टरनेशनलले राम्रो काम गरेकोले आज सबै क्षेत्रले रुचाएको र लोकप्रिय भएको बताए । धमलाले नेपाली संचार जगत लायन्स इन्टरनेशनलको पक्षमा रहेको समेत बताए । अध्यक्ष धमलाले लायन्सले गरेको कामलाई सम्मान गर्दै सञ्चार जगतले समाचार सम्प्रेषण गर्ने गरेको पनि जानकारी दिए ।

उनले भने,‘रक्तदान जीवनदान हो । लायन्स क्लब इन्टरनेशनले रगतको केसमा चमत्कारी काम गरेको छ । भोलिको कार्यक्रमको रिपोर्टर्स क्लब तपाईहरुको साथमा हुनेछ । तपाईहरुले गरेको राम्रा काम कामलाई जनतामाँझ पुर्र्याउने काम हाम्रो हो र गर्नेछौ पनि । लायन्स क्लबको काम हामी सबैको लागि प्रेरणादायी छ ।’

सामाजिक कामको भाषण गर्न सजिलो भएपनि मेहनत गर्न निकै गाह्रो हुने उनको भनाई थियो । त्यो काम लायन्सले गरेको उनले बताए । अहिलेको समयमा रगत निकै आवश्यक रहेको बताउँदै धमलाले रक्तदान गर्न अझैपनि मानिसहरु डराउने गरेको बताए । उनले रक्तदान गरेपछि मानिस झन् सिर्जनशील हुने भन्दै उनले भने,‘रक्तदान गर्ने मानिस स्वस्थ हुन्छ, काम गर्न पनि सक्छ । अरुलाई पनि बचाउछ ।’

उनले अरुलाई बचाउन रगत दान गर्नैपर्ने बताए । उनले आफुले पनि रक्तदान गर्न ६ महिना वा एक वर्षमा भएपनि एकपटक गर्ने योजना बनाएको बताउदै प्रत्येक वर्ष लायन्समा गएर रक्तदान गर्ने घोषणा गरे । ‘अब लायन्समा गएर वर्षमा एकदिन रक्तदान गर्न चाहान्छु, आज मैले घोषणा गरें ।’–धमलाले भने ।

लायन्स क्लबका सेकेन्ड भिडीजी मनीश्रीरत्न बज्राचार्यले विश्वको सबैभन्दा ठ्ुलो क्लब लायन्स भएको बताए । उनले नेपालमा ४८ हजार लायन्सहरु रहेको उल्लेख गर्दै नेपाल सानो राष्ट्र भएपनि ४८ हजारहरु लायन्समा सहयोग गर्ने उद्देश्यले लागेको बताए । लायन्स क्लबले ४८ सय पिन्ट रगत संकलन गरीसकेको उल्लेख गर्दै यो सानो कुरा नभएको पनि उनको भनाई छ ।

उनले लायन्स क्लबले रतगमात्र नभई हरेकको आवश्यकत्तानुसार सबैलाई सहयोग गर्दै आएकोसमेत जिकिर गरे । उनले सबैभन्दा समाजसेवा गर्ने मानिसहरु नेपालमा भएको बताए । नेपाली लायन्सहरुले विश्वको उच्च स्थानमा पुगेर १ सय पिन्ट रगत संकलन गर्ने काम चानचुने नभएको उनले बताए । यो कार्यक्रमले रक्तदान गर्न प्रेरित गर्न खोजेको बताए । इतिहासको सुनौलो पानामा यो कार्यक्रम पर्ने पनि उनले उल्लेख गरे ।

काठमाडौंमात्र नभई कुनै पनि स्थानमा कसैलाई रगत चाहिएमा ९८०१०१२३४५ र ९८५१०५८४३८ यो नम्बरमा सम्र्पक गर्नपनि क्लबले आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्