Logo

लाजिम्पाटमा प्रथम ल्याब खुल्यो, नेपाललाई ल्याबमा आत्मानिर्भर बनाउने उद्घोष



काठमाडौं, २४ कात्तिक ।  लाजिम्पाटस्थित जापानी दूतावाससँगै प्रथम ल्याब सञ्चालनमा आएको छ । प्रथम ल्याबले अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै प्रदान गर्ने दाबी गरेको छ । नेपाललाई ल्याबमा आत्मानिर्भर बनाउने उद्देश्य प्रथम ल्याब सञ्चालनमा ल्याइएको अध्यक्ष डा. निराजन मैनालीले बताए ।

प्रथम ल्याबको उद्घाटन गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डीन प्राडा दिव्या सिंह शाहले प्रथम ल्याबले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरिन् । उनले नेपाललाई ल्याबमा आत्मानिर्भर बनाउन आवश्यक रहेको औल्याउँदै यसमा प्रथम ल्याबले विशेष भूमिका खेल्नु पर्ने धारणा राखिन् ।
‘नेपाललाई ल्याबमा आत्मानिर्भर बनाउन जरुरी छ । गुणस्तरिय र विश्वासिलो सेवा प्रदान गर्न ल्याबले भूमिका खेल्नेछ । यसमा प्रथम ल्याबले विशेष ध्यान दिनुपर्छ ।’, डीन शाहले भनिन् ।

 

नेपालमै अन्तर्राष्ट्रियस्तरको सेवा दिने र ल्याबमा नेपाललाई आत्मानिर्भर बनाउने प्रथम ल्याबको घोषणा छ । अब भारतमा ल्याब परीक्षण गर्न पठाउनु पर्ने बाध्यता हट्ने ल्याबको दाबी छ ।

एक हप्ता कुरेर रिपोर्ट लिने र परीक्षणका लागि बाहिर पठाउने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ ल्याब सञ्चालनमा ल्याएको अध्यक्ष डा. मैनालीको भनाई छ । प्रथम ल्याबले मोबाइल एपबाटै रिपोर्ट हेर्न सक्ने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्