Logo

सन्नी लियोनको नयाँ विज्ञापनले मच्चायो धमाका



एजेन्सी, २४ कात्तिक । आफ्नो बोल्ड स्टाइलले सबैलाई पागल बनाएकी अभिनेत्री सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । आफ्नो ग्ल्यामरस स्टाइलका कारण सन्नी लियोनलाई धेरै विज्ञापनको अफर आउँछ ।

सन्नी लियोन धेरै कम्पनीको ब्रान्ड एम्बेसडर पनि हुन् । अभिनेत्री म्यानफोर्स कन्डमको ब्रान्ड एम्बेसडर पनि हुन् । उनी कम्पनीका धेरै विज्ञापनहरूमा देखापर्छिन् र आफ्नो बोल्ड र हट स्टाइलले सबैलाई मोहित बनाउँछिन्।

हालै म्यानफोर्स कन्डमको नयाँ विज्ञापन बाहिर आएको छ । यो विज्ञापन सनीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पनि शेयर गरेकी छिन्, जुन निकै भाइरल भइरहेको छ । विज्ञापनमा सन्नी लियोनी सुस्मिता सेनका प्रेमी रोहमन शालसँग देखिएकी छिन् ।

सन्नी लियोनी कण्डमको विज्ञापनमा कयामत ल्याएको देखिएकी छिन् । यो भिडियो अहिलेसम्म ३.५ लाखभन्दा बढीले हेरिसकेका छन् ।
सन्नी लियोनी अहिले साउथ इन्डियन फिल्ममा व्यस्त छिन् । उनले हिन्दी बाहेक तमिल, तेलुगु, मलयालम र कन्नड फिल्म पनि गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्