Logo

सूर्यवंशीले बक्स अफिसमा सफलता पाएसँगै क्याट्रिनाको मुहारमा खुशी



एजेन्सी, २४ कात्तिक । सूर्यवंशीले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरिरहेको छ । पहिलो सप्ताहमा नै ७७ करोड ८ लाख रुपैयाँ जम्मा गरेको छ, जसले बलिउडमा उत्साहको लहर सिर्जना गरेको छ । झण्डै १९ महिनापछि हलमा यति धेरै दर्शकहरुको भीड उर्लिएपछि सूर्यवंशीबाट अपेक्षा गरेको यो चलचित्रले अपेक्षा पूरा हुने देखिन्छ ।

रोहित शेट्टी निर्देशित यो फिल्ममा अक्षय कुमार र क्याट्रिना कैफको हिट जोडी देखिएको छ । लामो समयपछि दुवैले सँगै काम गरेका हुन् । लामो समयपछि क्याट्रिना पनि ठूलो पर्दामा देखा परेकी हुन् ।

फिल्म र क्याट्रिनालाई आएको प्रतिक्रियाबाट क्याट्रिना निकै खुसी छिन् । यस फिल्ममा भूमिका धेरै ठूलो नभए पनि अक्षय र रोहितसँग फिल्म गर्न पाएकोमा उनी निकै खुसी रहेको उनको भनाइ छ । फिल्म उनको मनको नजिक छ त्यसैले फिल्मको सफलताले उनको अनुहारमा मुस्कान ल्याएको छ ।

दर्शकलाई फेरि एक पटक सिनेमाघरमा तानेपछि क्याट्रिना पनि आफू एउटा यस्तो फिल्मसँग जोडिएकोमा उत्साहित छिन् ।

जहाँ सूर्यवंशीको सफलताको चर्चा भैरहेको छ, अर्कोतर्फ विक्की कौशल र कट्रिना कैफको निकटताको चर्चा लगातार भइरहेको छ । दुवैले डिसेम्बरमा विवाह गर्ने बताइए अनुसार तयारी सुरु भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्