Logo

एमालेप्रति माधव नेपाल आक्रामक, सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी



काठमाडौं, २४ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेकपा (एमाले) प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले अब एमालेलाई केपी ओली गुटको संज्ञा दिएका छन् । र, आगामी निर्वाचनमा एमाले समाप्त हुने पनि उनको दाबी छ ।

आज (बुधबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको सूर्य चिन्ह आफूले ल्याएको स्मरण गराए । तर, अहिले त्यही सूर्य चिन्हमा ग्रहण लागिसकेको पनि उनले दाबी गरे । उनले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सधैं सत्य र न्यायको पक्षमा उभिने पनि बताए ।

उनले आगामी निर्वाचनमा एमालले समाप्त हुने र चुनावपछि टर्च बालेर खोज्नुपर्ने अवस्था आउने पनि टिप्पणी गरे । उनले अहिले कायम रहेको सत्तापक्षीय पाँच दलीय गठबन्धन चुनावसम्म नै जाने पनि दाबी गरे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot