Logo

क्यान्सरलाई जितेर पर्दामा फर्किएकी किरण खेर अब शोमा निर्णायकको भूमिकामा देखिने



एजेन्सी, २४ कात्तिक । बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । यही रोगका कारण किरण खेरले सार्वजनिक जीवनबाट टाढा बसेकी थिइन् । अब भने उनलाई निको भएको छ । उनी अब फेरि एक पटक पर्दामा फर्कने तयारीमा छिन् ।
किरण खेर टिभी शो ‘इण्डियाज गट ट्यालेन्ट’ को ९औं सिजनको जजको रुपमा देखिनेछिन् । उनी शिल्पा शेट्टी र बादशाहलाई जजको रुपमा सहभागी हुने भएकी छिन् । किरण खेर पहिलो सिजनदेखि नै यो शोसँग जोडिएकी छिन् ।

शोमा फर्किएपछि किरणले भनिन्, ‘रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ सधैं मेरो मुटुको नजिक रहेको छ । यो प्रतिष्ठित ट्यालेन्ट रियालिटी शोको साथ मेरो नवौं वर्ष हो। एक निर्णायक सदस्यको रूपमा शोमा फर्केर आउन पाउनु ठूलो अनुभूति हो। म घर फर्के जस्तो छ।’

उनले वर्षैपिच्छे कार्यक्रमले देशैभरका विविध र असाधारण प्रतिभालाई प्रवर्द्धन गर्दै उनीहरुलाई अगाडि ल्याइरहेको बताइन् । ‘यो शोको एक हिस्सा हुन पाउनु मेरो लागि गर्वको क्षण हो, जसले सबैलाई उनीहरूको दुर्लभ प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेर उनीहरूको सपनालाई वास्तविकतामा परिणत गर्ने मौका दिन्छ।’

किरण खेर मल्टिपल माइलोमाबाट पीडित थिइन्, जुन ब्लड क्यान्सरको एक प्रकार हो । अहिले उनी यो रोगबाट निको भएकी छिन् । अनुपम खेरले बेलाबेलामा आफ्नी श्रीमतीको स्वास्थ्यको अपडेट्स फ्यानसँग शेयर गरिरहेका हुन्छन् ।

किरण खेरले सन् १९९० मा निर्देशक श्याम बेनेगलको फिल्म सरदारी बेगमबाट हिन्दी सिनेमामा डेब्यु गरेकी थिइन्, उक्त फिल्मबाट उनी धेरै पुरस्कारबाट पनि सम्मानित भएकी हुन् । यति मात्र होइन उनी अभिनेत्री रितुपर्णा घोषको बंगाली फिल्म बैरिवालीका लागि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्