Logo

आयुष्मान खुराना युवतीसहित पक्राउ परेको खुलाशा



एजेन्सी, २४ कात्तिक । बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘चंडीगढ करे आशिकी’ को ट्रेलर हालै रिलिज भएको छ । ट्रेलर हेर्दा फिल्ममा प्रेमकथा, नृत्य, कमेडी र धेरै ड्रामा रहेको थाहा हुन्छ । यो फिल्ममा आयुष्मानसँग वाणी कपूर पनि छिन् । दुबैले पहिलो पटक सँगै स्क्रिन सेयर गर्दैछन् ।

ट्रेलर रिलिज गर्ने क्रममा आयुष्मानले प्रश्नको रमाइलो जवाफ दिएका छन् । चण्डीगढका प्रेमीहरूको विशेषता के हो भनेर सोध्दा आयुष्मानले आफ्नै किस्सा सुनाए। चण्डीगढमा प्रेमीकालाई प्रहरीको ठूलो डर रहेको उनले बताए ।

‘तिनीहरू धेरै फरक छन् किनभने तिनीहरू पुलिस र गार्डहरूबाट बच्न्छन्। मलाई याद छ, जब म चण्डीगढको सुखना तालमा डेट सीनको लागि सुटिङ गरिरहेको थिएँ, पुलिसले हामीलाई पक्रन्छ भन्ने सोचिरहेको थिएँ। प्रहरीको डर थियो, किनकी मलाई यो पहिले पनि भइसकेको थियो ।’ अभिनेता आयुष्मानले भने,‘यदि तपाइँ सार्वजनिक स्थानमा प्रेमिकासँग हुनुहुन्छ भने तपाइँलाई समातेर लैजान सक्छ । सबै मायाका शत्रु किन हुन्छन् मैले बुझेका छैन् ? मलाई लाग्छ ‘चण्डीगढ करे आशिकी’ हेरेपछि प्रेमका शत्रुहरू पनि रोमान्स गर्न थाल्छन् ।’



प्रतिक्रिया दिनुहोस्