Logo

कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु



काठमाडौं, २४ कात्तिक। कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ४ सय ४० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ५ सय ५९ पुगेको छ ।

त्यस्तै, आज ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्