Logo

वामदेवले भने–‘एमसीसी फिर्ता लैजानु श्रेयस्कर’ (विज्ञप्तीसहित)



काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) बाट राजीनामा दिएर कतैपनि नलागी बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि अहित हुने दाबी गरेका छन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्–‘उपरोक्त अवस्थालाई मध्येनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनको कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको छ ।’ उनले अमेरिकी सरकारलाई एकपक्षीय रुपमा भएपनि एमसीसी फिर्ता लगेर नेपालको हित प्रर्वद्धन गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्