Logo

प्रधानसेनापति शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेटवार्ता



काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय सेनाले जनाएको छ ।

भारतको चार दिवसीय भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आजै भारतको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । उनले भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग पनि भेटवार्ता गरिसकेका छन् ।

 

Photo Source: Indian Army



प्रतिक्रिया दिनुहोस्