Logo

प्रचण्डसँग सल्लाह नै गरेर रामचन्द्र झा माधव नेपालको पार्टीमा प्रवेश गर्ने तयारीमा



काठमाडौं, २४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । झा आगामी मंसिर ५ गते जनकपुरमा हुने एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने विदा लिईसकेका छन् । उनले आफूले माओवादी केन्द्रमा बसेर भन्दापनि एकीकृत समाजवादीमा बसेर राम्रो काम गर्न सक्ने भएर पार्टी प्रवेश गर्न लागेको जनाए । उनी एमालेमा मधेशका चर्चित नेताको रुपमा परिचित थिए । नेकपाकालिन समयमा उनले प्रचण्ड र माधव नेपाललाई साथ दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्